डिप्रोक्सको खुद नाफा दोब्बर, प्रतिशेयर आम्दानी २९ रुपैयाँ बढ्यो

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा दोब्बर बनेको छ । कम्पनीले आफ्नो खुद नाफा ९ करोड ५८ लाख ८१ हजार रुपैयाँबाट १०६ प्रतिशतले वृद्धि गर्दै १९ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

खुद नाफा बढेसँगै चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी गत आवको यसै अवधिको तुलनामा २९.२२ रुपैयाँले बढेर ७८.८१ रुपैयाँ कायम भएको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले ५ अर्ब २५ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिई १३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

खराब कर्जा वापत १ अर्ब ३७ करोड २६ लाख १४ हजार रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएका कारण समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १ अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँले ऋणात्मक भएको छ । यद्यपी लघुवित्तले नोक्सानी व्यवस्थाभन्दा धेरै अर्थात १ अर्ब ४२ करोड ९१ लाख ५६ हजार रुपैयाँ खराब कर्जा उर्ठापछि लघुवित्तले नाफा दोब्बर बनाएको हो ।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको जगेडा कोषमा १ अर्ब ८ करोड ३७ लाख रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०७.७९ रुपैयाँ, कोषको लागत ७.४७ प्रतिशत, खराब कर्जा अनुपात ०.६५ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.७७ गुणा छ ।

Particulars Deprosc Laghubitta ( Rs in ‘000)
Q1,  2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 1,005,433.57 773,410.44 30.00%
Reserves 1,083,717.26 961,532.91 12.71%
Profit/(Loss) for the Year 198,093.47 95,881.15 106.60%
EPS (Rs.) 78.81 49.59 58.92%
Net worth per share (Rs.) 207.79 224.32 -7.37%
Borrowings 5,980,311.25 7,309,687.66 -18.19%
Deposit from Customers 5,253,688.08 4,223,137.13 24.40%
Loans & Advances to Customers 12,844,084.78 12,104,068.89 6.11%
Net Interest Income 363,505.50 239,394.58 51.84%
Provision for possible losses 1,372,614.70 72,090.61 1804.01%
Operating Profit -1,109,156.81 109,826.07 -1109.92%
Non-Performing Loan (NPL) 0.65 1.25 -48.00%
Cost of Fund (%) 7.47 11.26 -33.66%
Qtr End PE Ratio  10.77 14.58 -26.13%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  ०७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।