निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) को खराब कर्जा अनुपातमा उल्लेख्य बढेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा ऋणात्मक छ । कम्पनीको वित्तीय अवस्था निराशाजनक आएपछि लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ता निराश बनेका छन् ।
असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात समीक्षा अवधिमा १.३० रहेकोमा १२.८९ प्रतिशतमा बढेको छ । यसले लघुवित्तले ५३ करोड ६३ लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्टाएको छ । सम्भावित नोक्सानी व्यवस्थामा गत आवको प्रथम त्रैमासको तुलनामा ५० करोड बढी रकम छुट्टाएको लघुवित्तले यस अवधिमा कुनैपनि खराब कर्जा वापत रकम फिर्ता ल्याउन सकेको छैन ।
असोज मसान्तसम्ममा लघुवित्तले १४ अर्ब निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ५ करोड ७ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ४३ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
कर्जा लगानी १.४७ प्रतिशतको समान्य बढोत्तरी गरेको लघुवित्तको खुद ब्याज आम्दानी समेत घटेको छ । गत आवको पहिलो तीन महिनामा ४५ करोड ८८ हजार रुपैयाँ आर्जन गरेकोमा ४३ करोड ८२ लाख रुपैयाँमा झरेको हो । उता सञ्चालन नाफा २७ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । गत आवको यसै अवधिमा लघुवित्त ३४ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा रहेको थियो ।
लघुवित्तको जगेडा कोष २ करोड ५५ लाख घटेर २ अर्ब २७ करोड रुपैयाँ सञ्चित रहँदा लघुवित्तको प्रतिशेयर नेटवर्थ ४० रुपैयाँ घटेर २५१.६२ रुपैयाँ कायम भएको छ ।
यस अवधिमा लघुवित्तको कोषको लागत ६.६२ प्रतिशत, मूल्य आम्दानी अनुपात १०.७७ प्रतिशत रहेको छ ।
| Particulars | Nirdhan Utthan Laghubitta ( Rs in ‘000) | ||
| Q1, 2077/2078 | Q1, 2076/2077 | Change | |
| Paid-up Capital | 1,500,000.00 | 1,200,000.00 | 25.00% |
| Reserves | 2,274,262.00 | 2,299,842.00 | -1.11% |
| Profit/(Loss) for the Year | -279,289.00 | 216,355.00 | -229.09% |
| EPS (Rs.) | -18.62 | 72.12 | -125.82% |
| Net worth per share (Rs.) | 251.62 | 291.65 | -13.73% |
| Borrowings | 6,050,737.00 | 7,564,986.00 | -20.02% |
| Deposit from Customers | 14,000,797.00 | 11,650,360.00 | 20.17% |
| Loans & Advances to Customers | 20,433,447.00 | 20,137,030.00 | 1.47% |
| Net Interest Income | 438,259.00 | 458,801.00 | -4.48% |
| Provision for possible losses | 536,316.00 | 32,589.00 | 1545.70% |
| Operating Profit | -279,289.00 | 341,714.00 | -181.73% |
| Non-Performing Loan (NPL) | 12.89 | 1.3 | 891.54% |
| Cost of Fund (%) | 6.62 | 8.65 | -23.47% |
| Qtr End PE Ratio | 10.77 | 14.58 | -26.13% |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया