अपि पावर कम्पनीको प्रतिशेयर आम्दानी १२ बाट ३५ रुपैंया पुग्यो


अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा अपिले ३ करोड ५९ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा अपि पावरको खुद नाफा ७ करोड रुपैंया अर्थात १९५.९५ प्रतिशतले बढेको हो ।

खुद नाफामा आएको बढोत्तरीसँगै अपि पावरको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८२ पैसाबाट घटेर १२४ रुपैयाँ ३० पैसामा झरेको अपिको मूल्य आम्दानी अनुपात ५.४० गूणा बढी छ ।

विद्युत बिक्रीबाट हुने आम्दानी, अन्य श्रोतबाट हुने आम्दानी लगायतका आम्दानी शिर्षकमा आएको बढोत्तरीले कम्पनीको खुद नाफामा वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा अपि पावरले १४ करोड १२ लाख रुपैंयाको विद्युत बिक्री गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा अविले ६ करोड ३८ लाख ५७ हजार रुपैयाँको विद्युत बिक्री गरेको थियो ।

कम्पनीले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।

पछिल्लो समय स्रेत व्यवस्थापनमा ध्यान केन्द्रित गरेको कम्पनीले ४० मेगावाटको अपर चमेलिया, ८ मेगावाटको परवानीपुर सोलार, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार, १ मेगावाटको सिमरा सोलार लगायतको पीपीए गरिसकेको छ ।

विभिन्न जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने उद्धेश्यका साथ अहिले सर्वसाधारणमा ४७ प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ ।

पछिल्ला दुई आर्थिक वर्षको आम्दानीबाट क्रमशः ५ प्रतिशत र ९ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको कम्पनीको जगेडा कोषमा २८ करोड ९२ लाख ९१ हजार रुपैयाँ सञ्चित छ । उल्लेखित हकप्रद र बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैंया पुग्नेछ । कम्पनीले उक्त चुक्ता पूँजीको ८५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव आगामी साधारण सभाबाट पारित गराउँदैछ । यो हकप्रद समेत निष्काशन भए पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५८ करोड रुपैंया नाघ्नेछ ।

अपि पावरले मंसिर ८ गते डाक्यो दुई आवको साधारण सभा, १४ प्रतिशत बोनस र हकप्रद पारित गर्दै

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।