राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

0
Shares

राष्ट्रिय वाणिज्य बैंक  र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

सो कार्यक्रममा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए ।

उक्त कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एकमाया बि.क, गाँउपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।