मंगलबार एकैदिन ३ हजार ४०० रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः बढ्यो

0
Shares

मंगलबार तोलामा एकैदिन तीन हजार ४०० रूपैयाँ घटेको सुनको भाउ बुधबार पुनः बढेको छ । यस्तै आज चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले  कार्तिक २६ गते बुधबारका लागि छापाावाल सुन ९४ हजार ९०० रूपैयाँ, तेजाबी सुनको भाउ ९४ हजार ४०० रूपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २२० रुपैयाँ तोकेको छ ।

महासंघले मंगलबारका लागि छापाावाल सुन ९४ हजार ८०० रूपैयाँ, तेजाबी सुनको भाउ ९४ हजार ३०० रूपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २१५ रुपैयाँ तोकेको थियो ।

सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २०० रूपैयाँ, तेजाबी सुन ९७ हजार ७०० रूपैयाँ र चाँदीको भाउ १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।