नेप्से सूचक १ हजार ७०० बिन्दुमाथि, ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

शेयर बजार सूचक मापक नेप्से सूचक बुधबार १ हजार ७०७ बिन्दुमा पुगेको छ । २८.८९ अंकले बढेको बुलिस बजारमा १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर ३६ हजार ८९३ पटक खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ रुपैयाँको शेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये वित्त बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । ब्यापार सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको बजारमा उत्पादमूल ६.२९ प्रतिशत, म्युचुअल फण्ड ४.९८ प्रतिशत, अन्य ४.१२ प्रतिशत र निर्जीबन बीमा ४.०२ प्रतिशतले बढोत्तरी भएको छ ।

  • नेपाल टेलिकमको सर्वाधिक कारोबार

आज नेपाल टेलिकमको सबैभन्दा धेरै २५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी हिमालयन डिष्टिलरी १८ करोड ८६ लाख, एनआईसी एशिया बैंकको १५ करोड ६५ लाख, नागरिक लगानी कोषको १५ करोड ४५ लाख, नेपाल लाइफको १५ करोड १५ लाख, र नेपाल रि इन्सयोरेन्सको १५ करोड १० लाखको कारोबार भएको छ ।
शिवम् सिमेन्ट, अपि पावर, शिखर इन्स्योरेन्स, र सूर्या लाइफको शीर्ष कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-11 15:00:00
NTC 259,028,930.00 907.00
HDL 188,640,696.00 2,479.00
NICA 156,590,427.00 642.00
CIT 154,514,008.00 4,519.00
NLIC 151,574,202.00 1,512.00
NRIC 151,071,432.00 964.00
SHIVM 148,089,989.00 843.00
API 121,534,278.00 279.00
SICL 115,831,277.00 1,475.00
SLICL 100,958,719.00 650.00
  • बुधबार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बुधबारको बजारमा ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सानिमा जनरल इन्स्योरेन्सको छैटौं कारोबार दिन सहित साल्ट ट्रेडिङ्ग कर्पोरेशन, लक्ष्मी इक्वीटी फण्ड, नागरिक लगानी कोष, बिशाल बजार कम्पनी, र एनआईसी एशिया ग्रोथ फण्डको इकाइमूल्यमा ९ प्रतिशत धेरैको वृद्धि देखिएको हो ।

यसैगरी नागरिक लगानी कोष संस्थापक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टस्, र सिटिजन्स म्युचुअल फण्ड १ को इकाई पनि शीर्ष बढ्ने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो शेयरमूल्य बढेको सिटिजन्स म्युचुअल फण्ड १ को ७.५२ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-11 15:00:00
STC 5,445.00 495.00 10.00
LEMF 10.24 0.93 9.99
CIT 4,519.00 410.00 9.98
BBC 2,502.00 227.00 9.98
NICGF 11.10 1.00 9.90
SGI 548.00 49.00 9.82
RBCLPO 13,800.00 1,120.00 8.83
HDL 2,479.00 201.00 8.82
SHIVM 843.00 62.00 7.94
CMF1 10.73 0.75 7.52
  • आइसीएफसी फाइनान्सको शेयरमूल्य धेरै घट्यो

बुधबारको बजारमा आइसीएफसी फाइनान्सको शेयरमूल्य धेरै घटेको छ । फाइनान्सको शेयरमूल्य ४.७८ प्रतिशत अर्थात १५ रुपैयाँले घटेको छ ।

यसैगरी सेन्ट्रल फाइनान्स, निर्धन उत्थान लघुवित्त, माउन्टेन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, कामना सेवा विकास बैंक, एनआरएन लघुवित्त, कालिका लघुवित्त र सबैको लघुवित्तको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-11 15:00:00
ICFC 299.00 -15.00 -4.78
CFCL 168.00 -5.00 -2.89
NUBL 1,000.00 -29.00 -2.82
MHNL 203.00 -5.00 -2.40
SAPDBL 163.00 -4.00 -2.40
HPPL 225.00 -5.00 -2.17
KSBBL 228.00 -5.00 -2.15
NLBSL 1,061.00 -22.00 -2.03
KMCDB 765.00 -15.00 -1.92
SABSL 877.00 -17.00 -1.90

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।