
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका केही संस्थापकहरूले शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, बनेपा ५, काभ्रेपलाञ्चोकमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ । सोही अनुसार पहिलो चरणमा कम्पनीले साबिकका संस्थापकहरुलाई शेयर बिक्रीमा ल्याएको हो ।
साबिकका संस्थापकहरुबाट शेयर खरीद नभएको खण्डमा भने कम्पनीले अन्य सर्वसाधारणलाई शेयर बिक्रीमा ल्याउनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया