मल्टिपर्पस फाइनान्सको नाफा घट्यो

0
Shares

मल्टिपर्पस फाइनान्स (MPFL) को नाफा खुद ब्याज आम्दानी घटेसँगै घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्सले १० लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २१ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको खुद नाफा ५१.१८ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी २२ करोड ४० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.०५ गुणा छ ।

फाइनान्सले चालु आवको असोजसम्ममा १७ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १८ लाख २७ हजार रुपैयाँ थियो। यस्तै सञ्चालन नाफा पनि २२ लाख ९ हजार रुपैयाँबाट घटेर १४ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।

असोज मसान्तसम्म कम्पनीले ३० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा ६ करोड ९५ लाख निक्षेप संकलन गरेको फाइनान्सको कर्जा लगानी २ करोड ५३ लाखले बढेको छ ।

फाइनान्सको खराब कर्जा अनुपात ३.७८ प्रतिशत, कोषको लागत ९.२३, आधारदर ११.५१, र स्प्रेडदर ५.०७ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आइतबार  १० : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।