नेप्सेले ऐतिहासिक उचाई हासिल गर्दा एकैदिन साढे ७ अर्बको कारोबार

0
Shares

नेपाल स्टक एक्स्चेन्ज नेप्सले चार वर्षपछि ऐतिहासिक उचाई हासिल गरेको दिन साढे ७ अर्बको शेयर किनबेच भएको छ । शेयर बजारमा एकैदिन सर्वाधिक कारोबार भएको पनि यो पहिलो पटक हो ।

बिहीबार शेयर बजारमा साढे सात अर्ब बराबरको शेयर किनबेच भएको छ । गत आइतबार ६ अर्ब ९० करोड बराबरको शेयर किनबेच भएको थियो।

यसदिन नेप्से सूचकले पनि २०७३ साउन १२ गते बुधबारको उच्च अंक १८८१ अंक पार गरेको नेप्से १९२५ अंकसम्म पुगेको थियो ।

बिबजार बन्द हुने समयसम्म आइपुग्दा नेप्से १८ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ । यसदिन २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख बराबरको शेयर किनबेच भयो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहिबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।