गोल्छा र प्रधान समुहको निष्कर्ष – ‘७५ प्रतिशत मतसहित सिङ्गो प्यानल नै निर्वाचित हुन्छौ’

0
Shares

नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिन शनिवार नयाँ नेतृत्वका लागी मतदान हुदैछ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।

जिल्लानगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्व गर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदैछ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् ।

नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष शेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानसहितका पुर्व अध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशत मत, प्रदेश २ बाट शतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफुले प्राप्त गर्ने ७ वटै प्रदेशका जिल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ ।

बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मत पाउदाँ समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउदाँ सिङ्गो टिम नै निर्वाचीत हुनेमा ढुक्क देखिन्छन् । पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कणार्ली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु शेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा अधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् ।

महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ । बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष सेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारकालगायतका अधिकांस पुर्व अध्यक्षहरु पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताएका छन् पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुह निकै बोली देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मक अवस्थामा छ ।

बन्दसत्रमा बिहिवार चन्द्र ढकालले आफनो समुहले हार्ने लक्षण देखेपछि सेखर गोल्छाको नेतृत्व क्षमता र १० बर्षे योजना माथी कडा टिप्पढी गरेका छन् । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष सेखर गोल्छाको भिजन कार्यान्वयन गर्न सारथी बन्ने र गोल्छापछि आफु अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेका कार्यक्रमसगैं अन्य भिजन पनि प्रस्तुत गर्ने बन्दसत्रमा बताए ।

जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्लानगर, बस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मतअन्तरले बिजयी हुनेमा गोल्छा समुह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले पनि तयारी पुरा भएको जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।