नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फको मतगणनामा चन्द्र प्रसाद ढकालको अग्रता लिएका छन।
वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षमा १०१ भोट खसेकोमा ३ भोट बदर भएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फको मतको भार २० प्रतिशत हुनेछ । एशोसियटको ३० प्रतिशत र जिल्ला नगरको ५० प्रतिशत भार रहन्छ ।
एशोसियट उपाध्यक्षमा ढकाल समुहबाट रामचन्द्र संघाई विजयी भएका थिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया