युनाईटेड इदी मार्दीको आईपीओ नतिजा नोटबजारमा हेर्नुहोस्

0
Shares

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनी (UIMRBHL) ले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको (आईपीओ) बाँडफँड नतिजा नोटबजार डटकममा प्रकाशित भएको छ ।

आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्ट (IPO Result) मा जानुहोस् । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

कम्पनीले निष्काशन गरेको शेयरमा आवेदन गरेका ५ लाख ४१ हजार २६३ आवेदन गरेका थिए ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ८१ हजार २७३ आवेदक (१५ प्रतिशत) ले मात्रै पाएका छन् भने ४ लाख ५९ हजार ९९० आवेदक (८५ प्रतिशत) को हात खाली हुनेछ । शेयर पाउने ८१ हजार २७३ आवेदक मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले मंसिर ३ देखि ७ गतेसम्म ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

यस्तै निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ ।

कम्पनीको शेयरमा ५ लाख ४१ हजार २६३ आवेदकबाट ९४ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको ९४ लाख ९८ हजार ४०० कित्ता माग गर्दै आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आइतबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।