अरुण भ्याली हाइड्रोपावरको साधारण सभा आह्वान

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले पुस ८ गते बुधबार कम्पनीको २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मंसिर १४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वःपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको पचास प्रतिशत (१ः०५) को हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेछ ।

साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसअनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।