सुनको मूल्य तोलाको ७०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजावी सुनको भाउ पनि तोलाको ८९ हजार ५०० रूपैयाँ रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच भैरहेको छ ।
कोभिड भ्याक्सीनको निमार्ण र विश्व शेयर बजार वृद्धि भएसँगै अन्तराष्ट्रिय बजारसँगै नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार घट्दै गइरहेको छ ।
आइतबार छापावाल सुन ९० हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा र चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सुनको भाउमा तोलामा ६०० रुपैयाँले घटेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया