
युनाइटेड मोदी हाइड्रोपाववर (UMHL) ले गत आवको नाफाबाट शेयरधनीलाई नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले कर सहित ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै साधारण सभा र बुकक्लोज मिति समेत तोकेको छ ।
बैठकले पुस २२ गते बुधबार बिहान ११ कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा मार्फत भर्चुअल माध्यामबाट साधारण सभा आह्वान गरेको हो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि शेयर दाखिला खारेजी गर्ने मिति निर्धारण गरेको छ । यसअनुसार पुस २ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया