सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

0
Shares

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । पछिल्ला दुई दिन सोमबार र मंगलबार एक एक रुपैयाँले घटेको कारोबार भएको सुन बुधबार एकैदिन ८०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबार छापावल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार २३० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेको थियो।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।