घट्दो बजारमा पनि लघुवित्तमा आकर्षण, कारोबार रकममा भने संकुचन

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार नेप्से सूचक ऋणात्मक बनेर बन्द भएको छ । आइतबार र सोमबार उच्च अंकको वृद्धि भएको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा मंगलबारपछि बुधबार पनि नेप्सेमा सामान्य अंकको करेक्शन देखिएको हो ।

बुधबार नेप्से ६.२० अंकले घटेर २ हजार ५५ दशमलव २२ अंकमा बन्द हुँदा ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको कारोबार भएको छ । आज १९९ कम्पनीका १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर ४९ हजार १५९ पटक खरीद बिक्री भएका छन् । मंगलबारको तुलनामा बुधबार कारोबार रकम ९२ करोड ४७ लाख रुपैयाँले घटेको हो ।

बुधबारको बजारमा पनि लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । बैंकहरुभन्दा लघुवित्त कम्पनीको लाभांश प्रस्ताव धेरै आउन थालेपछि लगानीकर्ताको रोजाइ लघुवित्त बनेको हो । कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये लघुवित्तको सूचक २.३४ र ब्यापार १.१८ प्रतिशतले बढ्दा बैंकिङ्ग, होटल, विकास बैंक, उत्पादन, म्युचुअल फण्डको सूचक सामान्य सकारात्मक बनेका छन् ।

उता जीबन र निर्जीबन बीमा, अन्य तथा जलविद्युत सूचक १ प्रतिशत धेरैले घट्दा वित्त पनि ऋणात्मक बनेको छ । बाह्रमध्ये ७ उपसमूहको सूचकमा हरियाली छाएको छ ।

  • एनसीसी बैंकको उच्च कारोबार

आजको बजारमा एनसीसी बैंकको उच्च कारोबार भएको छ । बैंकको ३९ करोड ४३ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । नेपाल लाइफको ३१ करोड ९१ लाख र पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख रुपैयाँको कारोबार भयो ।

नबिल बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक, आरएमडिसी लघुवित्त, एनआईसी एशिया बैंक, र नेपाल बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नेपाल बैंकको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-16 15:00:00
NCCB 394,395,362.00 325.00
NLIC 319,176,930.00 2,242.00
NRIC 243,969,146.00 1,584.00
NABIL 184,859,975.00 1,248.00
SICL 147,644,047.00 1,740.00
HDL 130,917,771.00 4,375.00
NIB 129,765,317.00 521.00
RMDC 121,383,067.00 1,105.00
NICA 113,945,815.00 669.00
NBL 112,756,523.00 416.00
  • सात कम्पनीको शेयरमूल्य सर्किट नजिक बढ्यो

आजको बजारमा ७ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । आज छ्याङ्दी हाइड्रोपावर, महुली सामुदायिक लघुवित्त, समीट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त, सूर्योदय लघुवित्त र आजैदेखि कारोबार सुरु भएको माउन्टेन इनर्जी नेपालको शेयरमूल्य पनि सकारात्मक सर्किट नजिक बढेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), साधना लघुवित्त र स्वरोजगार लघुवित्तको शेयरमूल्य पनि शीर्ष दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-16 15:00:00
CHL 176.00 16.00 10.00
MSLB 1,309.00 119.00 10.00
SMFDB 1,002.00 91.00 9.99
NABBC 639.00 58.00 9.98
RMDC 1,105.00 100.00 9.95
SLBS 1,357.00 122.00 9.88
MEN 378.00 34.00 9.88
NCCB 325.00 25.00 8.33
SDLBSL 1,289.00 94.00 7.87
SLBBL 1,148.00 78.00 7.29
  • यस्ता छन् गुमाउने कम्पनी

आजको बजारबाट एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक र एनएमबि ५० को इकाईमूल्य ४ प्रतिशत धेरैले घटेको छ ।

यस्तै शिखर इन्स्योरेन्स, गुडबिल फाइनान्स, रिडी हाइड्रोपावर, चिलिमे हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, सानिमा माई हाइड्रोपावर, पुनर्बीमा कम्पनी र सर्पोट लघुवित्तको शेयरमूल्य पनि घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-16 15:00:00
EICPO 245.00 -12.00 -4.67
NMB50 10.03 -0.47 -4.48
SICL 1,740.00 -60.00 -3.33
GFCL 208.00 -7.00 -3.26
RHPC 151.00 -5.00 -3.21
CHCL 525.00 -16.00 -2.96
TRH 319.00 -9.00 -2.74
SHPC 356.00 -10.00 -2.73
NRIC 1,584.00 -43.00 -2.64
SMB 1,100.00 -28.00 -2.48

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।