नेशनल माइक्रोफाइनान्सको लिलामी बिक्रीमा ल्याइएको १ लाख ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड भएको छ । लघुवित्तले बिहीबार क्यापिटलको कार्यालयमा भर्खरै शिलबन्दी बोलपत्र खुला गरेको हो ।
लघुवित्तको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार उक्त लिलामी शेयरको कटअफ मूल्य ७२७ रुपैयाँ कायम भएको छ । बोलपत्रमा कुल १२ वटा आवेदन मार्फत १ लाख ९६ हजार कित्ता शेयर माग भएको थियो। जसमा न्यूनतम ७२५ रुपैयाँदेखि अधिकतम ८०१ रुपैयाँसम्मको आवेदन परेको थियो।
कम्पनीले मंसिर १७ गते देखि पुस १ गतेसम्म गोर्खाज फाइनान्स कम्पनीको स्वामित्वमा रहेको १ लाख ४ हजार कित्ता शेयर प्रतिकित्ता न्यूनतम मूल्य ७२५ रुपैयाँ वा भन्दा बढी मूल्यमा उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको थियो ।
इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनसक्ने व्यवस्था थियो।
कम्पनीले यसअघि असोज २ गतेबाट कात्तिक ६ गतेसम्म १ लाख १० हजार कित्ता बिक्री खुला गरेको थियो। सो बेला ६ हजार कित्ता मात्र बिक्री भएकाले बाँकी शेयर पुन लिलामी बिक्रीमा ल्याइएको हो ।
- कसले कति रुपैयाँमा भरे शिलबन्दी बोलपत्र
- आलोक अग्रवाल २५०० कित्ता ८०१ रुपैयाँ
- आशिष राज पाण्डे ३००० कित्ता ७५५ रुपैयाँ
- आलोक अग्रवाल २५०० कित्ता ७५१ रुपैयाँ
- गौरी श्रेष्ठ २००० कित्ता ७५१ रुपैयाँ
- बिनु श्रेष्ठ ५००० हजार कित्ता ७५१ रुपैयाँ
- सुरुची मित्ताल १३५० कित्ता ७३१.१० रुपैयाँ
- राष्ट्रिय वाणिज्य बैंक ६८ हजार कित्ता ७३० रुपैयाँ
- निस्जी सेक्युरिटीज प्राली १५०० कित्ता ७३० रुपैयाँ
- सिद्धार्थ बैंक लिमिटेड १ लाख ४ हजार कित्ता ७२७ रुपैयाँ
- उषा धनावत १३५० कित्ता ७२६.१० रुपैयाँ
- गौरी श्रेष्ठ ७००० कित्ता ७२६ रुपैयाँ
- संविदा रेग्मी १००० कित्ता ७२५ रुपैयाँ
नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरबाट लघुवित्त कम्पनीले ७ करोड ६१ लाख रुपैयाँ संकलन गरेको छ । सिद्धार्थ बैंकले १८ हजार १५० कित्ता शेयर पाएको छ । ७२७ रुपैयाँभन्दा कम मूल्यमा उषा धनावत, गौरी श्रेष्ठ र संविदा रेग्मीको ९ हजार ३० कित्ता शेयरका लागि आवेदन गरेकाले उनीहरुले पनि शेयर पाउन सकेनन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया