प्रभु लाइफको आईपीओमा रेकर्ड, करिब साढे १० लाखले गरे आवेदन

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा नयाँ रेकर्ड बनेको छ । कम्पनीको शेयरमा करिब साढे १० लाख वटा आवेदन पर्दै नयाँ रेकर्ड कायम भएको हो । यसअघिका आईपीओहरुमा करिब ९ लाख मात्र आवेदन पर्ने गरेकोमा पछिल्लो निष्काशनमा रेकर्ड ब्रेक भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार साढे ४ बजेसम्ममा १० लाख ४४ हजार ५२५ आवेदनबाट २ करोड ७७ लाख ९४ हजार ७३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणमा निष्काशन गरेको ५४ लाख कित्ताको ५.१५ गुणा बढी हो ।

मेरो शेयर मार्फत र बैंक तथा वित्तीय संस्थाहरुबाट साँझसम्म तथ्याङ्क प्राप्त हुँदा आवेदन थप बढ्नेछ ।

कम्पनीले मंसिर २९ गते सोमबारदेखि कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएमा ३/३ लाख कित्ता शेयर सामूहिक लागनीकोषहरु र कर्मचारीहरुलाई सुरक्षित राखि ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट माग गरिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कम्पनीको आईपीओ न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा ५ लाख ४० हजार जनाले मात्र शेयर पाउनेछन् । यसअनुसार कुल आवेदकको ५० प्रतिशत हाराहारीमा मात्र शेयर पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।