.jpg)
नेपाली बजारमा शुक्रबार सुन चाँदी दुबैको मूल्यमा बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । पछिल्लो तीन दिनयता सुनको मूलयमा लगातार वृद्धि हुँदै आइरहेको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ८०० ले बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ पनि ८०० रुपैयाँले बढेर ९३ हजार ८५० रुपैयाँमा पुगेको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
पुस यता सुनको भाउमा लगातार वृद्धि देखिएको छ । पुस १ गते तोलामा ८०० रुपैयाँले बढेको सुन २ गते ४०० रुपैयाँले बढेकोमा ३ गते पुनः ८०० रुपैयाँले बढेको हो । पछिल्लो तीन दिनमा मात्रै सुन २ हजार रुपैयाँले महङ्गो भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै त्यसको सोझो असर नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रिय बजारमा कायम भएको सुनको भाउ अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा पनि मूल्य तोक्ने गरेको छ । नेपालमा सार्वजनिक विदा बाहेक आइतबारदेखि शुक्रबारसम्म ६ दिन सुनको भाउ निर्धारण गरिँदै आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया