फर्स्ट माइक्रोफाइनान्सको नगद लभांश शेयरधनीको खातामा जम्मा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी ११ औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश मंसिर २३ गतेदेखि वितरण गरेको छ ।

लघुवित्तको गत मंसिर १८ गते सम्पन्न साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीको ४.१८४ प्रतिशत नगद र ९.५० प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

११ औं वार्षिक साधारण सभाका लागि बुकक्लोज मितिसम्म कायम रहेका शेयरधनीहरुमध्ये डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेका सम्बन्धीत शेयरधनीको बैंक खातामा सोझै क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस मार्फत पठाएको हो ।

हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई शेयर अभौतिकिकरण गरी डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ५ गते बुकक्लोज गरेकाले मंसिर ४ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंकको बोनस भने नेप्सेमा सूचीकरणपछि मात्र लगानीकर्ताको डिम्याट खातामा आउनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ पुस २०७७, शुक्रबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।