साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । नेप्से १४. ०५ अंकले बढेर २ हजार ४६.५७ बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको मात्र शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ३४ कम्पनीका १३ हजार ४४६ कित्ता शेयर १ करोड ६३ लाख ९३ हजार ३७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम समीक्षा मार्फत व्यक्तिगत र शेयर कर्जाको पुनरावलोकन गर्ने जनाएपछि नेप्सेमा असर पर्दा घटेको थियो । पछिल्लो शुक्रबार अर्थ मन्त्रीले शेयर कारोबारमा लाग्ने ब्रोकर कमिशन घटाउन निर्देशन दिएसँगै शेयर बजारमा वृद्धि हुने अपेक्षा बढेको छ ।


समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया