प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेसँगै आइतबार शेयर बजार परिसूचक नेप्से खुलेको १५ मिनेटमा नै ५८ अंकले घटेको छ ।
प्रधानमन्त्री ओलीले आइतबार आकस्मिक बैठक आह्वान गरी संसद विघटन गर्ने सिफारिससँगै देशको पूँजीबजारमा त्यसको सोझो असर परेको हो ।
पहिलो १५ मिनेटमा नै घट्दो बजारमा ६५ करोडको कारोबार भएको छ । हिमालयन डिष्टिलरी र आजबाटै शेयर कारोबार खुलेको युनाइटेड इदीमदीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन इनजी नेपालको शेयरमूल्यमा ऋणात्मक सर्किट लागेको छ ।
यस अवधिमा १४८ कम्पनीका ७ लाख ६६ हजार कित्ता शेयर ६५ करोड ७ लाखमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफको मात्रै १६ करोड ६५ लाखको कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया