राजनैतिक तरङ्गले शेयर बजारका लगाानीकर्ता आत्तिए, नेप्से करिब ५% ले घट्यो

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको प्रस्ताव गरेर राष्ट्रपति समक्ष पेश गरेपछि सुरुवातदेखि नै तीब्र रुपमा घटेको आइतबारको शेयर बजार परिसूचक नेप्से राष्ट्रपति कार्यलयबाट स्वीकृत भएपछि थप गहिरिएर अन्तत ४.७७ प्रतिशतले घटेर बन्द भएको छ ।

देश फेरि एक पटक राजनैतिक अस्थीरतातर्फ जानसक्ने आशंका गर्दै शेयर बजारका लगानीकर्ताले आफुँग भएको होल्डिङ्ग बिक्री गरेर आइतबारको बजारबाटै बाहिरिएका छन् । यसअघि प्रविधिको विकास, लाभांश सिजन र ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयले दिएको निर्देशनले बजारले आड पाइरहेको समयमा राजनैतिक तरङ्गबाट नेप्सेमा एकैदिन ठूलो पहिरो नै गएको छ ।

जति मूल्यमा किन्ने पायो  त्यति नै मूल्यमा शेयर बिक्री गरेर लगानीकर्ता बाहिरँदा नेप्से ९६.८८ अंकले घटेर १ हजार ९३५ दशमलव ६३ अंकमा झरेर बन्द भएको हो । नेप्से करिब १०० अंक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापन गर्ने कुल बजार पूँजीकरण बिहीबारको तुलनामा १३० अर्बले घटेर २६ खर्ब २ अर्ब ३ करोड १५ लाखमा संकुचित बनेको छ ।

आजको बजारमा १९८ कम्पनीको १ करोड ४५ लाख ९ हजार ५३३ कित्ता शेयर ७९ हजार ९६७ पटक खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  यो इतिहासकै दोस्रो ठूलो कारोबार रकम हो । यसभन्दा अघि मंसिर १४ गते आइतबार एकैदिन ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो । त्यसको भोलिपल्ट ८ अर्ब ८६ करोड कारोबार हुँदै पुनः कारोबार घटेको थियो ।

कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये सबै सूचक ऋणात्मक बनेका छन् । अन्य उपसमुहको सूचक ८.३९ प्रतिशत बढीले घटेको बजारमा जलविद्युतको सूचक ६.६८ जीबन तथा निर्जीबन बीमा कम्पनीको सूचक पनि ५ प्रतिशत धेरैले घटेको छ ।

  • नेपाल लाइफको एकैदिन १ अर्ब बढीको शेयर खरीद बिक्री

आज नेपाल लाइफको एकैदिन १ अर्ब बढीको शेयर खरीद बिक्री भएको छ । यसअघि नेपाल पुनर्बीमा कम्पनीको एक अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । नेपाल लाइफको भन पहिलो पटक एक अर्ब माथिको कारोबार भएको हो ।

यसैगरी आइतबारको बजारमा दोस्रो ठूलो कारोबार नेपाल पुनर्बीमा कम्पनीको ७८ करोड ९९ लाख ७९ हजार, एनआईसी एशिया बैंकको ४७ करोड ७६ लाख ३२ हजार, नबिल बैंकको ३९ करोड १८ लाख, हिमालयन डिष्टिलरीको ३७ करोड ८२ लाख, र नागरिक लगानी कोषको ३१ करोडको शेयर कारोबार भएको छ ।

शिवम् सिमेन्ट, एनसीसी बैंक, नेपाल बैंक र एनटिसी शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको एनटिसीको १७ करोड ३५ लाख रुपैयाँको कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2020-12-20 15:00:00
NLIC 1,068,463,927.00 2,108.00
NRIC 789,979,279.00 1,350.00
NICA 477,632,478.00 706.00
NABIL 391,859,189.00 1,205.00
HDL 378,281,360.00 4,547.00
CIT 310,019,670.00 5,096.00
SHIVM 282,845,658.00 1,233.00
NCCB 250,933,026.00 313.00
NBL 199,002,547.00 366.00
NTC 173,571,815.00 1,050.00
  • युनाइटेड इदिमर्दीको शेयरमूल्यमा सर्किट ब्रेक

आजैदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको युनाइटेड इदिमर्दीको शेयरमूल्यमा सर्किट ब्रेक लागेको छ । नेप्सेले तोकेको अधिकतम रेञ्ज २९६ रुपैयाँमा पहिलो कारोबार खुला भएकोमा ९.८० अर्थात २९ रुपैयाँले बढेर ३२५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यस्तै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ७.८१ प्रतिशत, महुली लघुवित्त ५.७०, सनराइज फस्ट ४.९५, बेष्ट फाइनान्सको ४.६९ प्रतिशतले घटेको छ । आजको बजारमा हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, युनाइडेड फाइनान्स, नेपाल हाइड्रो डेभलोपर कम्पनी, र प्रभु बैंकको डिबेञ्चर शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीम समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-20 15:00:00
UMRH 325.00 29.00 9.80
EICPO 290.00 21.00 7.81
MSLB 1,521.00 82.00 5.70
SFMF 10.60 0.50 4.95
BFC 134.00 6.00 4.69
HDL 4,547.00 147.00 3.34
NICA 706.00 16.00 2.32
UFL 237.00 4.00 1.72
NHDL 237.00 4.00 1.72
PBLD84 1,045.00 15.00 1.46
  • सूर्योदय लघुवित्तमा ऋणात्मक सर्किट लाग्दा १२ कम्पनीको ९ प्रतिशत धेरै घट्यो

आइतबारको बजारमा सूर्योदय लघुवित्तको लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घट्दा नेरुडे लघुवित्त, स्वाबलम्बन लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी, फरवार्ड लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, स्वरोजगार लघुवित्त, सिभिल लघुवित्त र सारथी नेपाल लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-20 15:00:00
SLBS 1,287.00 -143.00 -10.00
NLBBL 984.00 -109.00 -9.97
SWBBL 1,590.00 -175.00 -9.92
CHL 174.00 -19.00 -9.84
UPPER 379.00 -41.00 -9.76
FOWAD 2,095.00 -223.00 -9.62
NRIC 1,350.00 -142.00 -9.52
SLBSL 928.00 -94.00 -9.20
NABBC 537.00 -54.00 -9.14
PMHPL 120.00 -12.00 -9.09

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार  १५ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।