सानिमा बैंक (SANIMA) को ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ ।
बैंकले पुस १ देखि छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाउनेगरी ऋणपत्रको बिक्री खुला गरेकोमा निष्काशनमा ल्याइएको सबै ऋणपत्र बिक्री नभएपछि ढिलो मिति अर्थात पुस १५ गतेसम्म लम्बिएको हो ।
यससँगै अब इच्छुक लगानीकर्ताले पुस १५ गते बुधबारसम्म आवेदन दिन पाउन बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा एप मार्फत समेत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।
बैंकले कुल प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ । सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बै.कको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ प्रदान गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया