१३१ अंंक घटेपछि पाँचौं कारोबार दिनमा नेप्सेमा ‘बाउन्स ब्याक’, ३० अंकले फर्कियो सूचक

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा पाँचौं कारोबार दिन सोमबार ३० अंक बढीको बाउन्स ब्याक भएको छ । लगातार ४ दिन १३१ अंकले घटेको नेप्से सूचकमा सोमबार आएर ३०.३३ अंकले बढेको छ । तीन दिन सामान्य करेक्शन आएको नेप्से संसद विघटनसँगै आइतबार सबैभन्दा धेरै ९६.८८ अंकले घटेको थियो।

आज नेप्से १.५७ प्रतिशत अर्थात ३०.३३ अंकले बढेर १ हजार ९६५ दशमलव ९६ अंकमा बन्द भएको छ । सुरुवाति ४० मिनेटमा ६२ अंकले घटेको सूचक त्यसपछि फर्किएको थियो । घटेको बजारमा उच्च खरीद चाप आउँदा बजारले लय समातेको थियो ।

सोमबार २०२ कम्पनीको ६४ हजार ९३८ पटकको कारोबारबाट १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता शेयर ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँमा खरीद बिक्री भएको छ ।

कारोबबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढ्दन ३ मात्र घटेको छ । उत्पादनमुलक सूचक ३.०४ प्रतिशत बढेको बजारमा अन्य, जलविद्युत, जीबन बीमा, बैंकिङ्ग, लघुवित्तको सूचक १ प्रतिशत धेरैले सुधारिएका छन् । सोमबार व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत घट्दा होटल १.२० र म्युचुअल फण्ड ०.१९ प्रतिशतले घटेको छ ।

  • नेपाल लाइफको उच्च कारोबार

सोमबारको बजारमा पनि नेपाल लाइफको उच्च कारोबार भएको छ । आइतबार एक अर्ब बढीको शेयर कारोबार भएको यस कम्पनीको सोमबार पनि ७२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ३९ लाख, एनआईसी एशिया बैंकको ४४ करोड ८० लाख र नबिल बैंकको ३१ करोड ७६ लाख बढीको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष, नेपाल टेलिकम, शिवम् सिमेन्टस्, एनसीसी बैंक र प्रभु बैंकको उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-21 15:00:00
NLIC 728,869,910.00 2,138.00
NRIC 573,912,452.00 1,390.00
NICA 448,081,210.00 777.00
NABIL 317,629,142.00 1,231.00
HDL 270,043,098.00 4,682.00
CIT 219,321,273.00 5,160.00
NTC 213,241,439.00 1,087.00
SHIVM 167,442,311.00 1,298.00
NCCB 154,984,732.00 319.00
PRVU 144,100,125.00 352.00
  • एनआईसी एशिया बैंकको शेयर सकारात्मक सर्किट

सोमबार एनआईसी एशिया बैंकको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य ९.९० प्रतिशत अर्थात ७० रुपैयाँ बढेर ७७७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

एनएमबि माइक्रोफाइनान्स ६.२२ प्रतिशत, कालिका पावर ५.८२ प्रतिशत, र शिवम् सिमेन्टस्को ५.५.३६ प्रतिशतले शेयरमूल्य बढेको छ । राधी विद्युत कम्पनी, लिवर्टी पावर, अपर तामाकोशी, बरुण हाइड्रोपावर, प्रभु बैंक र बिशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-21 15:00:00
NICA 777.00 70.00 9.90
NMBMF 1,195.00 70.00 6.22
KPCL 200.00 11.00 5.82
SHIVM 1,298.00 66.00 5.36
RADHI 302.00 14.00 4.86
LEC 217.00 10.00 4.83
UPPER 397.00 17.00 4.47
BARUN 193.00 8.00 4.32
PRVU 352.00 14.00 4.14
BBC 2,653.00 105.00 4.12
  • नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको शेयर नकारात्मक सर्किट

हकप्रदमा उचालिएको नारायणी डेभलपमेन्ट बैंक र आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार खुलेको युनाइटेड इदी मार्दीको पहिलो दिन सकारात्मक सर्किट लागेर कारोबार भएकोमा दोस्रो दिन भने शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल हाइड्रो डेभलोपर, एभरेष्ट बैंक (कन्भर्टिबल प्रिफरेन्स शेयर), स्वाभिमान लघुवित्त, तारागाउँ रिजेन्सी होटल, बेष्ट फाइनान्स, साल्ट ट्रेडिङ्ग, बोटलर्स नेपाल तराई र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-21 15:00:00
NABBC 484.00 -53.00 -9.87
UMRH 293.00 -32.00 -9.85
NHDL 224.00 -13.00 -5.49
EBLCP 599.00 -24.00 -3.85
SMFBS 1,295.00 -49.00 -3.65
TRH 297.00 -10.00 -3.26
BFC 130.00 -4.00 -2.99
STC 5,060.00 -140.00 -2.69
BNT 8,000.00 -200.00 -2.44
RHPL 255.00 -6.00 -2.30

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।