पछिल्लो राजनीतिक घटनाक्रबाट उद्योग–व्यवसाय क्षेत्रमा नकरात्मक असरः राष्ट्रिय व्यवसायी महासंघ

0
Shares

पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली उद्योग–व्यवसाय क्षेत्रमा नकरात्मक असर पर्ने भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले आर्थिक विकासमा सरकार–निजी क्षेत्र मिल्नुपर्ने बेलामा राजनीतिक अस्थिरता ल्याएर अर्थतन्त्रमा थप समस्या सिर्जना गर्न लागिएको बताएका छन् ।

‘देशमा घटेका पछिल्ला राजनीतिक घटनाक्रमले पुनः राजनीतिक अस्थिरता निम्तने देखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण शिथिल बनेको अर्थतन्त्र उकास्नुपर्ने र उद्योग–व्यवसायहरु बचाउनु पर्ने समयमा घटेको यो दुर्भायपूर्ण परिस्थतिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघ अत्यन्तै दुःख व्यक्त गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

संविधान बनि दुई तिहाई बहुमतसहितको सरकार बनेको अवस्थामा राजनीतिक नभई आर्थिक मुद्दाले प्राथमिकता पाउनुपर्नेमा त्यो हुन नसकेको महासंघको ठहर छ । यस्ता घटनाक्रमले मुलुकको अर्थतन्त्रमा थप नकरात्मक असर पर्ने भन्दै यसतर्फ पनि सोच्न महासंघले सबै राजनीतिक दलहरुसँग आग्रह समेत गरेको छ ।

‘राजनीतिक अस्थिरतासँगै उद्योग–व्यवसायमैत्री नीति निर्माणमा राज्यको ध्यान नहुने चिन्ता थपिएको छ यसले मुलुकको अर्थतन्त्रमा निकै ठूलो असर पर्ने पक्का छ’ महासंघ अध्यक्ष कटुवालले भने, ‘कोरोनाबाट शिथिल बनेको मुलुकको अर्थतन्त्र उकास्नका लागि सरकार–निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बेलामा देखिएको राजनीतिक घटनाक्रमले राम्रो गर्दैन ।’

महासंघले देशमा नाराजुलुस, बन्द हट्ताल होइन शान्तिपूर्ण रुपमा उद्योग व्यवसाय सञ्चालन भइरहने वातावरण सिर्जनाका लागि हामी सम्पूर्ण राजनीतिक दलहरुसँग अनुरोध गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७७, सोमबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।