एसबिआई बैंकको २७ औं वार्षिक साधारण सभा पुस २८ गते

0
Shares

नेपाल एसबिआई बैंक (SBI) ले पुस २८ गते मंगलबार बैंकको २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले बैंक सञ्चालक समितिको मंसिर ४ गते बिहीबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरूलाई कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमध्ये ६ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ३.४७ प्रतिशत नगद छ ।

सभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आव २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १५ गते बुधबारदेखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १४ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  ०९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।