श्री इन्भेष्ट फाइनान्स (SIFC) ले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
फाइनान्स सञ्चालक समितिको ५ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ७.३७ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
स्वीकृत लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
लाभांश पारित गर्न फाइनान्स सञ्चालक समितिको पुस ६ गते सम्पन्न २९८ औं बैठकले पुस २९ गते बुधबार २६ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया