वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले पुस २८ गते मंगलबार लघुवित्तको नवौं साधारण सभा डाकेको छ ।
वित्तीय संस्थाको पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले काभ्रेपलाञ्चोक स्थित खर्क पार्टी प्यालेसको सभा हलमा सभामा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय भएको हो ।
कोराना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट संञ्चालन गर्ने भएको छ ।
सभामा २०७६।०७७ को नाफाबाट शेयरधनीहरुलाई २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर (८ करोड ३३ लाख ५४ हजार ४०० रुपैयाँ) वितरण गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ ।
यस्तै वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्ज हुने, सो प्रयोजनको लागि दायित्व मूल्याङ्कनका आधारमा निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा बोनस वितरण प्रयोजनका लागि लघुवित्तले पुस १५ गते बुधबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार पुस १४ गते मंगलबारसम्म कायम लघुवित्तका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
यद्यपी लघुवित्त मर्जर प्रकृयामा रहेकाले हाल नेप्सेमा कारोबार रोक्का रहेका कारण शेयर कारोबारको अन्तिम दिनसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया