प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले तेह्रौ वार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्सले पुस २७ गते सोमबार सभा आह्वान गरेको हो ।
इन्स्योरेन्सको पुस ६ गते बसेको १४१ औँ बैठकले निर्णयले साधारण सभाको मिति तोकेको गरेको हो । सो सभा कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा भिडियो कन्फरेन्सको माध्यबाट बिहान ११ः३० बजे शुरु हुनेछ ।
उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीलाई हाल कायम चुक्ता पूजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (करसहित) कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यव हिसाब, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग् सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित स्वीकृत गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।
इन्स्योरेन्सले उक्त साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १७ गते शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेको छ ।
यसअनुसार पुस १६ गत बिहीबार सम्म कारोबार भई शेयरधनी किताबमा कायम रहन आउने शेयरधनीहरु सभामा भाग लिन योग्य हुने कम्पनीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया