मेरो माइक्रोफाइनान्सको लाभांश पाउन पुस १६ गतेसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

मेरो माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.८३ प्रतिशत लाभांश पाउन पुस १६ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ ।

लघुवित्त सञ्चालक समितिको १०४ औं संचालक समितिको बैठकले पुस २८ गते मंगलबार साधारण सभा आह्वान गर्दै पुस १७ गते शुक्रबार देखि शेयर दाखिला खारेजी गर्ने मिति तोकेको छ ।

यसअनुसार पुस १६ गते बिहिबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले मात्र सम्बन्धीत संस्थाले प्रस्ताव गरेको लाभांश पाउनुका साथै सभामा सहभागिता जनाउन सक्नेछन् ।

लघुवित्तले होटल वाटर टावर,विदुर ४ वट्टार ,नुवाकोटको सभा कक्षमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लाभांश प्रस्तावित १६.९३३९ प्रतिशत बोनश शेयर र ०.८९१६ प्रतिशत नगद गरी कुल १७.८३१५ प्रतिशत लाभांश लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरी अनुमोदन गर्ने एजेण्डा समावेश छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।