साधना लघुवित्तले परिमार्जन गर्यो लाभांश, घट्यो बोनस

0
Shares

साधना लघुवित्त वित्तीय संस्था ले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लाभांशमा संशोधन भएको लघुवित्तले जनाएको छ ।

संशोधित लाभांश अनुसार लघुवित्तका शेयरधनीले अब चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ १८ प्रतिशत (३ करोड ९२ लाख) बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९४७ प्रतिशत (२० लाख ६३ हजार १७८ रुपैयाँ) नगद लाभांश पाउने भएका छन् ।

यसअघि कम्पनीको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएकोमा केन्द्रीय बैकबाट वित्तीय विवरण सुधार गरी पेश गर्न निर्देशन दिएपछि लाभांशदर घटेको हो ।

संशोधन लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा लघुवित्तको कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  १३ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।