टिएमएसमा प्राविधिक गढबढीकाबीच शेयर बजारमा उत्साहजनक कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड म्यानेजमेन्ट सिस्टमको नेटवर्किङ्गमा समस्या आएर ठूलो कारोबार हुने स्थान ब्रोकर अफिसबाट हुने कारोबार घट्दा पनि बुधबार शेयर बजारमा उत्साहजनक शेयर कारोबार भएको छ ।

नेपाल लाइफ इन्सयोरेन्स र नबिल बैंकको बम्पर लाभांश घोषणाले कारोबारमा उत्साह थप्दा अन्य कम्पनीहरुको पनि कारोबारमा आएको वृद्धिले कारोबार रकम मंगलबारको तुलनामा १२ करोडले बढेको हो ।

ठूला कम्पनीहरु सूचीकृचत सेन्सेटिभ इन्डेक्स घटेको बजारमा नेप्से ७.४७ अंकले बढेर २ हजार ६८ दशमलव ८८ बिन्दुमा कारोबार बन्द भएको छ । यो नेप्से सूचकका आधारमा दोस्रो ठूलो अंक हो । कारोबारको १० मिनेटमा नै ६६ अंक बढेर २ हजार १२७ बिन्दुमा पुगेको नेप्सेमा उच्च बिक्रीचाप आएपछि तीब्र उतार चढावका बीच बजार बन्द भएको हो । दिनभरमा ६४ अंकको उचारचढाव नेप्सेमा देखिएको छ ।

बुधबार २०३ कम्पनीको १ करोड १५ लाख कित्ता ५८ हजार ९९१ कित्ता शेयर ५१ हजार ३०२ पटकको कारोबारबाट ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ७४ करोड ७ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको थियो ।

कारोबारमा आएका बैंकिङ्ग, जीबन बीमा र म्युचुअल फण्ड उपसमुहको सूचक सकारात्मक बन्दा बाँकी सबै ९ वटा उपसमुहको सूचक ऋणात्मक बनेका छन् । अन्य उप समुहको सूचक २.२१ प्रतिशतले घट्दा जलविद्युत १.३४ र बाँकी उपसमुहका सूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

  • नेपाल लाइफको ऐतिहासिक कारोबार

बुधबार नेपाल लाइफको सर्वाधिक ( १ अर्ब ३० करोड ७१ लाख २० हजार ४०० रुपैयाँ) कारोबार भएको छ । कम्पनीको आइतबार १ अर्ब ७ करोड बढीको कारोबार हुँदै रकर्ड कायम भएकोमा उक्त रेकर्ड समेत बुधबार तोडिएको हो । यससँगै नेपाल लाइफ एकैदिन सबैभन्दा धैरै रकमको कारोबार गर्ने कम्पनी समेत बनेको छ । यसअघि नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ११ करोडको कारोबार हुँदै रेकर्ड कायम भएको थियो ।

यसैगरी नेशनल लाइफको ३९ करोड ८१ लाख, एनआईसी एशिया ३१ करोड ११ लाख, नबिल बैंक २७ करोड ११ लाख, पुनर्बीमा कम्पनी २० करोड ६० लाख, प्रभु बैंक २० करोड १८ लाख, र एनसीसी बैंकको २० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शीर्ष कारोबार हुने कम्पनीमा मेगा बैंक, शिखर इन्स्योरेन्स, र हिमालयन डिष्टिलरी समेत समेटिएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-23 15:00:00
NLIC 1,434,499,493.00 2,443.00
NLICL 455,104,650.00 1,147.00
NICA 330,372,542.00 852.00
NABIL 279,179,932.00 1,489.00
NRIC 233,666,893.00 1,405.00
NCCB 232,414,859.00 364.00
PRVU 226,873,334.00 379.00
MEGA 191,169,514.00 289.00
SICL 168,260,003.00 1,814.00
HDL 149,372,032.00 4,635.00
  • नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्यमा सर्किट

बुधबार नबिल बैंक र समृद्धि फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । नेशनल लाइफको पनि ७ प्रतिशत धेरैले मूल्य बढेको छ ।

यसैगरी फरवार्ड कम्युनिटी लघुवित्त, मेगा बैंक, पञ्चकन्या माइ हाइड्रोपावर, एनसीसी बैंक, नेपाल लाइफ, एशियन लाइफ, लक्ष्मी उन्नति कोष, र एशियन लाइफको शेयरमूल्य पनि बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-23 15:00:00
NABIL 1,489.00 135.00 9.97
SFCL 148.00 13.00 9.63
NLICL 1,147.00 77.00 7.20
FOWAD 2,335.00 120.00 5.42
MEGA 289.00 12.00 4.33
PMHPL 126.00 5.00 4.13
NCCB 364.00 14.00 4.00
NLIC 2,443.00 92.00 3.91
LUK 9.35 0.25 2.75
ALICL 929.00 23.00 2.54
  • नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदिमर्दीमा नकारात्मक सर्किट

बुधबारको बजारमा नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदिमर्दीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमूल्य १० प्रतिशत हाराहारीले घटेको छ ।

यसैगरी एभरेष्ट इन्स्योरेन्सको संस्थापक, राष्ट्रिय बीमा कम्पनी संस्थापक, आरएमडिसी लघुवित्त, माउन्टेन हाइड्रो नेपाल, युनाइटेड मोदी हाइड्रोपावर,  मिथिला लघुवित्त, समीट लघुवित्त र शिवश्री हाइड्रोपावरको लघुवित्तको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-23 15:00:00
NABBC 393.00 -43.00 -9.86
UMRH 238.00 -26.00 -9.85
EICPO 272.00 -22.00 -7.48
RBCLPO 13,740.00 -851.00 -5.83
RMDC 1,083.00 -67.00 -5.83
MHNL 182.00 -10.00 -5.21
UMHL 150.00 -8.00 -5.06
MLBBL 1,225.00 -65.00 -5.04
SMFDB 950.00 -50.00 -5.00
SSHL 140.00 -7.00 -4.76

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।