स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ९ गते बिहीबार समायोजन भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफबाट प्रस्ताव गरेको लाभांश र साधारण सभाका लागि बिहीबार बुकक्लोज मिति तोकेको थियो । सोही अनुसार बैंकको बिहीबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बैंकको ७ प्रतिशत बोनस शेयर समायोजन प्रतिकित्ता ६१२ रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको छ । बैंकको बुधबार ६५५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।सोही अनुसार समायोजित शेयरमूल्य निर्धारण भएको हो ।

यस अनुसार अब समायोजित शेयरमूल्यलाई आधारमा मानेर बैकको बिहीबार पहिलो शेयर कारोबार खुल्नेछ ।

बैंकले पुस २४ गते, शुक्रबार बैंकको ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार  ०९ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।