नेपाल क्लियरिङ्ग हाउस साफा अवार्डबाट सम्मानित

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लि। एनसीएचएल साउथ एशियन फिडरेशन अफ अकाउन्टेन्ट अवार्डस् साफा-२०१९ बाट सम्मानित भएको छ ।  साफाले सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा एनसीएचएललाई सम्मानित गरको हो ।

एनसीएचएलले आव २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मुल्यान्कनकोे आधारमा सो पुरष्कार प्रदान गरिएको हो । उक्त पुरस्कार श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स सीए श्रीलंका द्वारा आयोजित भर्चुअल कार्यक्रममा साफाद्वारा हस्तान्तरण गरिएको थियो ।

यस वर्ष इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स् अफ नेपाल आईक्यान द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड अवार्ड बीपीए २०१९ मा पहिलो स्थान पाए पश्चात एनसीएचएलको केस आईक्यानले साफा मा पठाएको थियो । एनसीएचएल गत बर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको छ ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो ।

सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि, रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको एनसीएचएल इसीसी, एनसीएचएल आईपिएस, कनेक्ट आईपिएस इ पेमेन्ट, कनेक्ट आरजिटिएस, नेशनल पेमेन्ट इनटरफेस (एनपिआई), र कर्पोरेट पे लगायत विभिन्न प्रणाली सञ्चालनमा रहेका छन् ।

साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू बाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी।पिएसओ, सरकारी तथा अर्ध सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट।प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।