नेरुडे लघुवित्तको ५२ हजार बढी संस्थापक शेयर बिक्रीमा

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) को स्वामित्वमा रहेको नेरुडे लघुवित्तले ५२ हजार बढी कित्ता संस्थापक शेयर बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तको ५२ हजार ७५० कित्ता संस्थापक शेयरमा इच्छुक लगानीकर्ताले यहि पुस १६ देखि २३ गतेसम्म दिउँसो ३ बजेसम्म गोप्य बोलपत्र शिलबन्दी बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

लघुवित्तले बैंकको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३०० रुपैयाँ तोकेको छ ।

बोलपत्र आवेदन फारम सनराइज क्यापिटल कमलपोखरी काठमाण्डौ, बैंकको शाखा कार्यलयहरु बिर्तामोड झापा , वीरगञ्ज पर्सा, भरतपूर चितवन तथा नेपालगञ्ज बाँकेबाट प्राप्त गर्न सकिने छ ।

१० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

प्राप्त शिलबन्दी बोलपत्र पुस २६ गते आइतबार दिउँसो १ बजे खुला गरिने क्यापिटलले जनाएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख १० हजार कित्तामध्ये २०७६ असार १० गते २२ हजार ७०० कित्ता र २०७६ भदौ २० गते ४०० कित्ता र २०७६ मंसिर १८ गते ३४ हजार १५० कित्ता गरी तीन पटकमा गरी ५७ हजार २५० कित्ता शेयर बिक्री गरेको थियो। बाँकी शेयर पुनः पुस १६ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।