गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?

6
Shares

गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको पुस १० गते शुक्रबार सम्पन्न बैठकले बैंकको हाल चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७५/७६ बाट गरिमा विकास बै.कले १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७७, शुक्रबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।