मुक्तिनाथको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) को गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले पुस २५ गते आह्वान गरेको साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १३ गते सोमबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार पुस १२ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको पुस ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले पुस २५ गते शनिबार, बिहान ११ बजे होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बैंकको १४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कोरोना भाइरस संक्रमणका कारण बैंकले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्नेेछ ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ११.२५ प्रतिशत बोनस शेयर र बोनरमा लाग्ने कर सहित ४.२६ प्रतिशत नगद गरी कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७७, आइतबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।