साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । नेप्से ८.५० अंकले बढेर २ हजार ४७.१३ बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा २० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा २० कम्पनीका २३ हजार ५७० कित्ता शेयर १ करोड ६३ लाख १ हजार ३५० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया