साना किसान विकास लघुवित्तको साधारण सभा आह्वान

0
Shares

साना किसान विकास लघुवित्त (SKBBL) ले १९ औँ साधारण सभा आह्वान गरेको छ ।

पुस ६ गते बसेको संचालक समितिको ३९८ औ बैंठकले संस्थाको रजिष्टर्ड कार्यालय सुविधानगर तिनकुने काठमाण्डौंमा पुस २८ गते मंगलबार बिहान ११ बजे सभा आह्वान गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट सभा संचालन गरिने कम्पनीले जनाएको  छ ।

लघुवित्तले सभामा आर्थीक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशतले नगद लाभांश वितरण प्रस्ताव स्विकृत गर्नेछ ।

यस्तै लघुवित्तले १२ हजार ४४२ कित्ता शेयर लिलाम बिक्री गरी गरी सोही अनुसार प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

लघुवित्तको १३ औँ साधारण सभाबाट स्वीकृत भई हकप्रद शेयर निष्काशन गर्दा बिक्री नभई बाँकी रहेको शेयर धितोपत्र बोर्डले असार ३१ गते दिएको निर्देशन अनुसार लिलामी गर्ने भएको हो । जसमध्ये ३ हजार ३६८ कित्ता प्रवर्धक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि लघुुवित्तले पुस १५ गते बुधबार बुकक्लोज मिति तोकेको छ । तसर्थ पुस १४ गते मंगलबारसम्म नेप्सेमा शेयरमा कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउनुका साथै सभामा उपस्थिति जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।