नेप्से करिब ९ अंकले बढेपनि कारोबार भने ८२ करोडले घट्यो

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से बढेपनि सोमबार कारोबार रकममा भने आइतबारको तुलनामा ८२ करोड रुपैयाँले गिरावट आएको छ ।

कारोबारको सुरुवातदेखि नै उच्च बिक्रीचापका बाबजुत बजार वृद्धिका लागि प्रयासरत रहेकोमा अन्तत झण्डै दोहोरो अंकले नेप्से भने बढेर बन्द भएको छ ।

सोमबार नेप्से सूचक ८.५७ अंकले बढेर २ हजार ७ दशमलव २९ बिन्दुमा बन्द भएको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.१४ अंकले बढेर ३८२ दशमलव ५७ बिन्दुमा पुगेको छ । आज २१४ कम्पनीका ७४ लाख ९७ हजार २८४ कित्ता शेयर ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँमा खरीद बिक्री भएका छन् । हिजो आइतबार ४ अर्ब ६६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।

कारोबारमा आएका ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीको शेयरमूल्य घटेको छ । ३५ कम्पनीको शेयरमूल्य स्थीर रह्यो । कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये ब्यापार सूचतकमा सबैभन्दा धेरै २.४६ प्रतिशतलको गिरावट देखिँदा विकास बैंक र अन्यको सूचक पनि सामान्य घटेको छ ।

बैंकिङ्ग, होटल, जलविद्युत, वित्त, निर्जीबन बीमा, उत्पादमुलक, लघुवित्त, जीबन बीमा र म्युचुअल फण्डको सूचक सामान्य सकारात्मक भएका छन् । सबै सूचक १ प्रतिशतभन्दा कम मात्र बढेका छन् ।

  • नेपाल लाइफको उच्च कारोबार

सोमबारको बजारमा नेपाल लाइफको उच्च कारोबार भएको छ । कम्पनीको ३४ करोड ९१ लख ८० हजार रुपैयाँको शेयर कारोबार हुँदा १ लाख ५६ हजार ९८१ कित्ता शेयर खरीद बिक्री भएको छ ।

म्ंगलबार हकप्रदका लागि बुकक्लोज तोकेको नागरिक लगानी कोषको  हकप्रद पाउने आशामा शेयर खरीकर्ता बढेपछि सोमबार दोस्रो ठूलो (३२ करोड ३५ लाखको) कारोबार भएको छ । एनआईसी एशिया ३० करोड ६ लाख, नबिल बैंक २४ करोड ३४ लाख र शिवम् सिमेन्टस्को २१ करोड १७ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

एनसीसी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल पुनर्बीमा कम्पनी, प्रभु र प्राइम कमर्सियल बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा सामेल भएका छन् ।

Symbol Turnover Closing Price
As of 2020-12-28 15:00:00
NLIC 349,180,052.00 2,224.00
CIT 323,518,410.00 5,008.00
NICA 300,668,927.00 854.00
NABIL 243,416,028.00 1,379.00
SHIVM 211,755,575.00 1,375.00
NCCB 181,133,316.00 353.00
GBIME 127,433,862.00 353.00
NRIC 124,988,358.00 1,322.00
PRVU 91,819,647.00 350.00
PCBL 89,438,053.00 409.00
  • नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट

समस्याग्रस्त संस्थाबाट मुक्त भई हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ । यस्तै सोमबार नै १० प्रतिशत लाभांश घोषणा गरेको सेन्ट्रल फाइनान्सको शेयरमूल्य पनि ९.६२ प्रतिशतले बढेको छ ।

यसैगरी राधी विद्युत कम्पनी, एनसीसी बैंक, आइएमई जनरल इन्स्योरेन्स, र एनआईसी एशिया बैंकको शेयरमूल्य ५ प्रतिशत बढीले वृद्धि हुँदा नेपाल ल्यूब आयल, शिवम् सिमेन्टस्, प्रभु बैंक र फरर्वाड कम्युनिटी लघुवित्त शीर्ष शेयरमूल्य दश कम्पनीभित्र परेका छन्।

Symbol LTP Point Change % Change
As of 2020-12-28 15:00:00
NABBC 455.00 41.00 9.90
CFCL 171.00 15.00 9.62
RADHI 312.00 22.00 7.59
NCCB 353.00 20.00 6.01
IGI 599.00 32.00 5.64
NICA 854.00 44.00 5.43
NLO 261.00 12.00 4.82
SHIVM 1,375.00 61.00 4.64
PRVU 350.00 15.00 4.48
FOWAD 2,310.00 91.00 4.10
  • सिद्धार्थ बैंकको डिबेञ्चरको मूल्य धेरै घट्यो

सोमबार सिद्धार्थ बैंक डिबेञ्चर ‘एसबिएल डिबेञ्चर २०८२’ को इकाईमूल्य मूल्य सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ ।

समीट लघुवित्त, समृद्धि फाइनान्स, एनएमबि ५०, साल्ट ट्रेडिङ्ग कर्पोरेसन, सानिमा माइ हाइड्रोपावर, जोशी हाइड्रोपावर, सबैको लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड १ र एचआईडिसीएलको इकाईमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-28 15:00:00
SBLD2082 1,034.00 -85.00 -7.60
SMFDB 919.00 -37.00 -3.87
SFCL 129.00 -5.00 -3.73
NMB50 10.20 -0.35 -3.32
STC 5,190.00 -160.00 -2.99
SHPC 298.00 -9.00 -2.93
JOSHI 107.00 -3.00 -2.73
SABSL 967.00 -19.00 -1.93
CMF1 9.81 -0.19 -1.90
HIDCL 260.00 -5.00 -1.89

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।