प्रि-ओपनिङ्गमा १२ कम्पनीको कारोबार, नेप्से ९ अंकले बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ्ग सेसनमा शेयर बजार परिसूचक मापक नेप्से ८.९४ बढेको छ । नेप्से ८.९४ अंकले बढेर २ हजार १६ दशमलव २७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १० कम्पनीका २ हजार ३५१ कित्ता शेयर २४ लाख २० हजार ५१२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कारोबारमा आएका एसबिआई बैंक, बुटवल पावर कम्पनी, प्रिमियर इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स र समीट लघुवित्तको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।