नेप्से साढे ५ अंकले सकारात्मक, उत्पादन र अन्य सूचक चम्किए

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से मंगलबार ५.५७ अंकले सकारात्मक भएर बन्द भएपनि ठूला कम्पनीहरुको सूचक माप सेन्सेटिभ इन्डेक्स भने ऋणात्मक बनेको छ । बैंकिङ्ग सहित ठूला पूँजीकरण भएका कम्पनीहरुको शेयर बढ्न नसक्दा सेन्सेटिभ ०.१३ अंकले घटेर ३८२.४४ बिन्दुमा बन्द भएको छ ।

ऋणात्मक बजारमा पनि उत्पादनमूलक तथा अन्य उपसमूहका सूचक भने चम्किएका छन् । उत्पादनमुलक उपसमुहमा सूचीकृत हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट तथा मंगलबार नै हकप्रद शेयरमा शेयरमूल्य समायोजन भएको अन्य उपसमूहमा सूचीकृत नागरिक लगानी कोषको शेयरमूल्य उच्च रुपमा बढेपछि दुबै उपसमुहका सूचक उच्च रुपमा बढेका हुन् ।

कारोबारमा आएका बाह्र उपसमुहका सूचकमध्ये उत्पादन ४ प्रतिशत र अन्य सूचक ३.२९ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त र निर्जीबन बीमा पनि सामान्य सकारात्मक भएका छन् ।

जलविद्युतको सूचक १.१८ प्रतिशतले घटेको बजारमा बैंकिङ्ग, ब्यापार, होटल, विकास बैंक, वित्त, जीबन बीमा कम्पनी, म्युचुअल फण्डको सूचक पनि ऋणात्मक भएको छ ।

मंगलबार नेप्से सूचक ५.५७ अंकले बढेर २ हजार १२ दशमलव ८९ बिन्दुमा बन्द भएको छ । आज २०९ कम्पनीका ८० लाख १ हजार ३१४ कित्ता शेयर खरीद बिक्री भएको छ । ३७ हजार ९१६ पटकको कारोबारबाट ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम २४ करोडले बढेको हो । सोमबार ३ अर्ब ८५ करोड ३ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको थियो ।

कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ कम्पनीको शेयरमूल्य घटेको छ । २८ कम्पनीको शेयरमूल्य स्थीर रह्यो ।

  • नबिल बैंकको उच्च कारोबार

सोमबारको बजारमा नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको ५३ करोड १ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार हुँदा ३ लाख ८१ हजार ८९५ कित्ता शेयर खरीद बिक्री भएको छ । बुधबार बोनसको बुकक्लोज तोकेको बैंकका लगानीकर्ताले बोनस पाउने आशामा शेयर खरीकर्ता बढेपछि उच्च कारोबार भएको हो ।

यसैगरी शिवम् सिमेन्टस्को २७ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख र हिमालयन डिष्टिलरी २० करोड ८ लाखको शेयर खरीद बिक्री भएको छ ।

नेपाल लाइफ, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एशिया बैंक, नेशनल लाइफ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, र एनटिसीको शीर्ष दश ठूलो कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-29 15:00:00
NABIL 530,177,990.00 1,386.00
SHIVM 279,380,642.00 1,453.00
GBIME 235,087,705.00 350.00
HDL 200,813,104.00 4,635.00
NLIC 189,835,137.00 2,200.00
NRIC 187,738,547.00 1,340.00
NICA 150,659,167.00 842.00
NLICL 118,820,211.00 1,094.00
HGI 99,774,763.00 659.00
NTC 90,065,087.00 1,110.00
  • सिआईटी र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबार नै हकप्रदमा शेयरमूल्य समायोजन भएको नागरिक लगानी कोष (सीईआटी) र समस्याग्रस्त संस्थाबाट मुक्त भई हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ ।

यस्तै हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको छ । हिमालयन डिष्टिलरी, ‘एसबिएल डिबेञ्चर २०८२’ को इकाईमूल्य, आशा लघुवित्त, नाडेप लघुवित्त, ग्लोबल आईएमई र सबैको लघुवित्तको शेयरमूल्य शेयरमूल्य २ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-29 15:00:00
CIT 3,062.00 278.00 9.99
NABBC 500.00 45.00 9.89
HGI 659.00 46.00 7.50
SHIVM 1,453.00 78.00 5.67
HDL 4,635.00 215.00 4.86
SBLD2082 1,075.00 41.00 3.97
ALBSL 955.00 35.00 3.80
NADEP 985.00 32.00 3.36
GILB 1,732.00 52.00 3.10
SABSL 994.00 27.00 2.79
  • मल्टिपपर्स फाइनान्सको मूल्य धेरै घट्यो

मंगलबार मल्टिपपर्स फाइनान्सको मूल्य मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्सको शेयरमूल्य ४.०९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड इदिमर्दी आरबि हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्स संस्थापक, राधी विद्युत कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सानिमा माई र सूर्योदय लघुवित्तको शेयरमूल्य ३ प्रतिशत बढीले घटेका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-29 15:00:00
MPFL 141.00 -9.00 -6.00
CFCL 164.00 -7.00 -4.09
MDB 324.00 -13.00 -3.86
UMRH 204.00 -8.00 -3.77
EICPO 270.00 -10.00 -3.57
RADHI 301.00 -11.00 -3.53
GRDBL 142.00 -5.00 -3.40
NCCB 341.00 -12.00 -3.40
SHPC 288.00 -10.00 -3.36
SLBS 1,290.00 -40.00 -3.01

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।