४९ अंकको उच्च सुधार सहित नेप्से ‘इन्ट्रा डे हाइ’ मा बन्द, ब्यापार र उत्पादनमूलक कम्पनीहरु चम्किए

0
Shares

शेयर बजार परिसूचक माप नेप्से बुधबार ४९ अंकको सुधार आएको छ । कारोबारको सुरुवाती एक घण्टामा उच्च बिक्रीचाप खेपेको बुधबारको बजारले त्यसपछि लय समात्दा क्रमशः बढ्दै जाँदा अन्तत बजार सूचक नेप्से दिनभरीकै उच्चतम बिन्दु अर्थात ‘इन्ट्रा डे ‘इन्ट्रा डे हाइ’ मा पुगेर बन्द भएको छ ।

आज २०८ कम्पनीका ९९ लाख १० हजार ३ कित्ता शेयर ३९ हजार ९३५ पटकको कारोबारबाट ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँमा खरीद बिक्री भएका छन् । मंगलबारको तुलनामा कारोबार रकम बुधबार ३५ करोडले बढेको छ । नेप्से ४९.१७ अंकले बढेर २ हजार ६२ दशमलव ६ बिन्दुमा पुगेको छ भने ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ पनि ८.८६ अंकले बढेर ३९१.३० बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १२ उपसमुहको सूचकमध्ये ब्यापार र उत्पादनमूलक सूचक उच्च बढेका छन् । ब्यापार ९.४५ र उत्पादनमुलक ६.८३ प्रतिशतले बढेको हो । अन्य ४.६८, लघुवित्त २.६६, बैंकिङ्ग २.०१, म्युचुअल फण्ड १.६३, निर्जीबन बीमा १.५६ र जीबन बीमाको सूचक १.१६ प्रतिशतले बढेको छ । होटल सूचक १ प्रतिशत बढीले ऋणात्मक भएको बजारमा विकास बैंकको सूचक पनि सामान्य ऋणात्मक भएको छ ।

  • शिवम् सिमेन्टको उच्च कारोबार

बुधबार शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । दिनभरमा ३४ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको भएकोमा यस कम्पनीको २ लाख २४ हजार ४०४ कित्ता शेयर शेयर कारोबारमा आएको छ ।

यसैगरी दोस्रो ठूलो कारोबार भएको एनआईसी एशिया बैंकको ३२ करोड २३ लाख, हिमालयन डिष्टिलरी २८ करोड ६७ लाख, नेपाल लाइफ २७ करोड ५४ लाख र नबिल बैंकको २६ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक, एनसीसी बैंक, नेपाल बैंक र नेपाल पुनर्बीमा कम्पनी शीर्ष कारोबार हुने दश कम्पनीभित्र परेका छन् । दशौं ठूलो कारोबार भएको पुनर्बीमाको ११ करोड ७६ लाख बढीको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-30 15:00:00
SHIVM 344,469,479.00 1,580.00
NICA 322,365,443.00 870.00
HDL 286,713,942.00 5,098.00
NLIC 275,453,229.00 2,247.00
NABIL 261,693,768.00 1,101.00
NTC 202,174,473.00 1,182.00
PCBL 150,431,443.00 425.00
NCCB 134,984,801.00 342.00
NBL 117,984,021.00 371.00
NRIC 117,650,429.00 1,339.00
  • पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

उच्च अंकको सुधार आउँदा बुधबार पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साल्ट ट्रेडिङ्ग कम्पनी, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, एभरेष्ट बैंक कन्भर्टिबेल प्रिफरेन्स शेयर, र मल्टिपपर्स फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसैगरी शिवम् सिमेन्टस्, रसुवागढी हाइड्रोपावर, एभरेष्ट बैंक, नबिल ब्यालेन्स्ड फण्ड २ र नेपाल टेलिकमको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-30 15:00:00
STC 5,710.00 519.00 10.00
CIT 3,368.00 306.00 9.99
HDL 5,098.00 463.00 9.99
EBLCP 680.00 60.00 9.68
MPFL 154.00 13.00 9.22
SHIVM 1,580.00 127.00 8.74
RHPL 284.00 19.00 7.17
EBL 720.00 48.00 7.14
NBF2 10.04 0.64 6.81
NTC 1,182.00 72.00 6.49
  • नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए

बुधबारको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । बैंकका लगानीकर्ताले एकैदिन प्रतिकित्ता ५० रुपैयाँले गुमाएका छन् । बैंकको शेयरमूल्य १० प्रतिशतले घटेर ४५० रुपैयाँमा झरेको छ ।

यसैगरी श्री इन्भेष्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, खानीखोला हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, गुडविल फाइनान्स, हिमालय पावर पार्टनर, शिखर इन्सयोरेन्स संस्थापक र कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष दश शेयरमूल्य घट्ने कम्पनीमा समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-30 15:00:00
NABBC 450.00 -50.00 -10.00
SIFC 179.00 -7.00 -3.76
RLFL 162.00 -5.00 -2.99
KKHC 104.00 -3.00 -2.80
MDB 315.00 -9.00 -2.78
MHNL 176.00 -5.00 -2.76
GFCL 201.00 -5.00 -2.43
HPPL 223.00 -5.00 -2.19
SLICLP 310.00 -6.00 -1.90
CORBL 207.00 -4.00 -1.90

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।