प्रभु लाईफ इन्स्योरेन्सको शेयर आइतबारदेखि कारोबारमा आउने, ३२८ रुपैयाँमा पहिलो कारोबार !

0
Shares

प्रभु लाईफ इन्स्योरेन्स (PLIL) ले आगामी आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्नेगरी सूचीकरणको प्रकृया अगाडि बढाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले शुक्रबारसम्म सूचीकरणको प्रकृया सम्पन्न गरी आइतबारदेखि शेयर कारोबार गराउने तयारीमा आफुहरु लागेको बताए ।

जसका लागि कम्पनीले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर सूचीकरणका लागि कम्पनीले नेप्समा निवेदन दिइसकेको उनको भनाई छ ।

कम्पनीमा ३० प्रतिशत (६० लाख कित्ता) सर्वसाधारण समुहको र ७० प्रतिशत (१ करोड ४० लाख कित्ता) संस्थापक स्वामित्व रहेको छ ।

कम्पनीको शेयर गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले १० कित्ता शेयर पाएका छन् । बाँकी ६ लाख कित्ता कर्मचारी र सामुहिक लगानी कोषको इकाईलाई बाँडफाँड गरिएको छ ।

  • कतिमा खुल्छ पहिलो कारोबार ?

नेप्सेले हरेक कम्पनीलाई धितोपत्रको दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम कम्पनीको नेटवर्थ बराबर र अधिकतम नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न भएको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.५६ रुपैयाँ रहेको छ ।

यसअनुसार नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गर्नेछ ।

यसअनुसार प्रभुको पहिलो कारोबार अधिकतम ३२८ रुपैयाँमा कारोबार खुल्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार  १८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।