आठ कम्पनीको एकैदिन शेयरमूल्य समायोजन

0
Shares


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एकैदिन ८ वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नेप्सेले ८ कम्पनीको नयाँ मूल्य निर्धारण गरेको हो ।

एनएमबि बैंक (NMB) को समायोजित शेयरमूल्य प्रतिकित्ता ३७८ रूपैयाँ कायम भएको छ । बुधबार बैंकको ४२७ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा १३ प्रतिशत बोनस शेयर समायोजनपछि नयाँ मूल्य तोकिएको हो ।

यसैगरी नेपाल बैंक (NBL) को १२ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३३१ रूपैयाँ मूल्य कायम गरेको छ । बैंकको बुधबार ३७१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सेञ्चुरी कमर्सियल बैंक (CCBL) को समायोजित शेयरमूल्य प्रतिकित्ता १९९ रूपैयाँ तोकिएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२५ प्रतिशत बोनस शेयर पछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।बैंकको बुधबार २०९ रुपैयाँमा अन्तिम कारोबार भएकोमा सोही मूल्यका आधारमा नयया मूल्य तोकिएको हो ।

यसैगरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) को शेयरमूल्य २३५ रूपैयाँ कायम भएको छ । बुधबार कारोबार भएको अन्तिम शेयरमूल्य २६६ रुपैयाँका आधारमा बैंकले प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।

कामना सेवा विकास बैंक (KSBBL) को ४.४० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २१६ रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको छ । बैंकको बुधबार २२५ रुपैयाँमा अन्तिम कारोबार भएकोमा सोही मूल्यका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

साना किसान विकास लघुवित्त (SKBBL) को १ हजार ४१५ रूपैयाँ शेयरमूल्य निर्धारण भएको छ । लघुवित्तको २५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार कायम गरेको हो । बुधबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो।

साधना लघुवित्त (SADBSL) को १८ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३८ रूपैयाँ तोकेको छ । बुधबार लघुवित्तको १ हजार २२५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

बरुण हाइड्रोपावर कम्पनी (BARUN) को पनि बिहीबार नै शेयरमूल्य समायोजन भएको छ । हाइड्रोपावरले गत आवको नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो । नेप्सेले हाइड्रोपावरको १७१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । बुधबारको कम्पनीको प्रतिकित्ता १८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

  • कसको कतिमा भयो शेयरमूल्य समायोजन ?

समायोजन भएको ८ वटै कम्पनीको बिहीबार समायोजित शेयरमूल्यलाई आधार मानेर नेप्सेमा पहिलो कारोबार खुल्नेछ । नेप्सेमा नियमित कारोबार समयमा २ प्रतिशत तलमाथि र प्रि ओपनिङ्ग सेसनमा भने ५ प्रतिशत तलमाथि कारोबार हुनसक्ने व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।