बिहीबारको बजारमा कमाउने र गुमाउने शीर्ष १० कम्पनी यस्ता

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार २५.२१ अंकको सुधार आएको छ । नेप्से बढेर हालसम्मकै र्कीतिमानी उचाई कायम गर्दै २०८७.२७ बिन्दुमा पुग्दा कमाउने र गुमाउने कम्पनीहरु पनि फेरिएका छन् । हेरौं कुन कम्पनीहरुको लगानीकर्ताले कमाए, कुन-कुन कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले गुमाए ?

  • सर्वाधिक कमाउने कम्पनी शीर्ष दश कम्पनी

आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५७१ रुपैयाँले बढेर ६ हजार २८१ पुगेको हो ।

यसैगरी एभरेष्ट बैंकका लगानीकर्ताहरुले ६.६७ प्रतिशतका दरले कमाएका छन् । यस दिन ४ कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । ५ प्रतिशत भन्दा बढी कमाउनेहरुमा गुडविल फाइनान्स, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकका लगानीकर्ता रहेका छन् ।

गुडविल फाइनानसका लगानीकर्ताले ५.९७ प्रतिशका दरले कमाएका छन् । यसैगरी, लक्ष्मी बैंकका लगानीकर्ताले ५.९३, सिद्धार्थ बैंकका लगानीकर्ताले ५.५७ र नेपाल एसबीआई बैंकका लगानीकर्ताले ५.१७ प्रतिशतका दरले कमाएका छन् ।

यस्तै नाडेप लघुवित्त वित्तीय संस्था, स्ट्याण्डर्ड चार्टड बैंक, मेरो माइक्रोफाइनान्स र नेरुडे लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । आज नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.९५ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंकका लगानीकर्ताले ४.७२, मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ४.६४ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन् ।

  • सर्वाधिक गुमाउने कम्पनी

आजको बजारमा पनि नारायणी डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउका छन् ।बुधबार ऋणात्मक सर्किट लागेर घटेको बैंकको शेयरमूल्य बिहीबार पनि ३.७८ प्रतिशतले घटेको हो ।

यसैयरी आईएमई जनरल इन्स्योरेन्स, कालिका लघुवित्त, राष्टिय बीमा कम्पनी, नविल ब्यालेन्स फण्ड, माउण्टेन इनर्जी नेपाल, शिवम् सिमेन्ट, मञ्जुश्री फाइनान्स, कर्णाली डेभलपमेण्ट बैंकका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले करिब २ प्रतिशतका दरले गुमाएका छन् ।

नारायणी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ३.७८ प्रतिशतका दरले गुमाएका छन् । आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.९५, कालिका लघुवित्तका लगानीकर्ताले २.९४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले २.९० प्रतिशत, नविल ब्यालेन्स फण्डका लगानीकर्ताले २.८९, माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले २.८९, शिवम सिमेन्टका लगानीकर्ताले २ दशमलव ४७, मञ्जुश्री फाइनान्सका लगानीकर्ताले २.३७ र कर्णाली डेभलपमेण्ट बैंकका लगानीकर्ताले २.२४ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले १.९८ प्रतिशतका दरले गुमाएका छन् ।

  • निर्जीवन बीमा बाहेक सबै सूचक सकारात्मक

कारोबारमा आएका १२ उपसमुहका सूचकमध्ये निर्जीबन बीमा बाहेक सबै उपसमुहका सूचक सकारात्मक रहे । ब्यापार सूचक सबैभन्दा धेरै ८.८९ प्रतिशतले बढेको बजारमा बैंकिङ्ग १.९७ प्रतिशत, अन्य १.४५, र जीबन बीमाको सूचक १.३० प्रतिशतले बढेको छ ।

निर्जीबन बीमा १.०१ प्रतिशतले घटेको छ ।

Sub-Indices Current Points Change %Change  
Banking 1,585.22 30.57 1.97  
Trading 2,299.10 187.73 8.89  
Hotels 1,884.13 1.31 0.07  
Development Bank 2,129.45 14.31 0.68  
HydroPower 1,582.69 4.8 0.3  
Finance 869.43 4.29 0.5  
Non Life Insurance 9,440.04 96.43 1.01  
Manu.& Pro. 5,446.25 2.45 0.05  
Others 1,671.92 23.89 1.45  
Microfinance 3,285.83 0.18 0.01  
Life Insurance 13,471.54 172.71 1.3  
Mutual Fund 11.51 0 0.01  
  • हिमालयन डिष्टिलरीको उच्च कारोबार

आज हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ४६ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबा भएको छ । नेपाल लाइफको ३७ करोड ८ लाख, नागरिक लगानी कोष २८ करोड ७८ लाख, नेपाल टेलिकमको २८ करोड ५१ लाख, एनआईसी एशिया बैंकको २१ करोडको शेयर खरीद बिक्री भएको छ ।

यसैगरी शिवम् सिमेन्टको २६ करोड ८३ लाख, एभरेष्ट बैंकको २३ करोड ८५ लाख, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ५५ लाख, प्राइम बैंकको १५ करोड ३७ लाख र सिद्धार्थ बैंकको १४ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-31 15:00:00
HDL 468,818,917.00 5,280.00
NLIC 370,863,573.00 2,295.00
CIT 287,878,262.00 3,430.00
NTC 285,112,694.00 1,208.00
NICA 270,011,444.00 882.00
SHIVM 268,345,863.00 1,541.00
EBL 238,560,924.00 768.00
NRIC 155,584,087.00 1,344.00
PCBL 153,728,196.00 426.00
SBL 146,434,542.00 398.0

बिहीबार नेप्सेमा २०७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५० हजार ३८६ पटक कारोबार हुँदा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँको शेयर कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।