शेयर बजार परिसूचक नेप्से पुस २३ गते बिहीबार हालसम्मकै ऐतिहासिक उचाई अर्थात २१९४.४८ विन्दुमा पुगेको छ । अघिल्लो दिनको उच्च रेकर्ड तोड्दै नेप्से १५.९१ विन्दुले बढेको हो ।
बिहीबार नेप्से दोहोरो अंकले बढ्दा यसदिनको बजारमा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने शेयरमूल्य घट्ने कम्पनीहरुको ३ प्रतिशतभन्दा कमले मात्र शेयरमूल्य घटेको छ ।
यसदिन मल्टिपपर्स फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसैगरी गोर्खाज फाइनान्स, सिभिल लघुवित्त, एनएलजी लघुवित्त, हिमालयन डिष्टिलरी, र एभरेष्ट इन्सयोरेन्स कम्पनीको शेयरमूल्य बढेको छ ।
उता एभरेष्ट बैंक कन्भर्टिबेल प्रिफरेन्स शेयर, र खानीखोला हाइड्रोपावर कम्पनीके शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।
यसैगरी कालीका पावर, रैराङ्ग हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, पाँचथर पावर, जानकी फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, सप्तकोशी डेभलपमेन्ट बैंक, र सूर्या लाइफ इन्सयोरेन्सको संसथापक शेयरको मूलय घटेका छ । यी कम्पनीहरु शीर्ष कमाउने दश कम्पनीभित्र परेका छन् ।
शेयर बजारमा नयाँ रेकर्ड, कारोबारमा पनि सुधार
कारोबारमा आएका १२ उपसमुहका सूचक मध्ये अन्य सूचक ०.२ प्रतिशत घटेको बाहेक सबै बढेका छन् । ब्यापार सूचक सबैभन्दा धेरै ४.६९ प्रतिशतले बढेको बजारमा उत्पादनमुल २.०६ प्रतिशत, निर्जीबन बीमा १.४६, लघुवित्त १.३७, वित्त १.१६ प्रतिशतले बढेको छ ।
प्रभु बैंकको सबैभन्दा धेरै ३१ करोड ७१ लाखको शेयर कारोबार भएकोमा नेपाल पुनर्बीमा २७ करोड ४४ लाख, चिलिमे हाइड्रोपावर २४ करोड ७९ लाख, नेपाल लाइफ २३ करोड ३ लाख, एनआईसी एशिया बैंक २२ करोड ६१ लाख र हिमालयन डिष्टिलरीको २० करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यसैगरी शिखर इन्स्योरेन्स १४ करोड ७६ लाख, शिवम् सिमेन्ट १३ करोड ९० लाख, सानिमा बैंक १२ करोड ८७ लाख र नेपाल टेलिकमको २२ करोड ४३ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया