नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (LIC) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर तथा साधारण सभाको बुकक्लोजसँगै बुधबार कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९२ रूपैयाँ निर्धारण गरेको छ । मंगलबार २ हजार ८७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयरपछि नयाँ मूल्य निर्धारण गरिएको हो ।
गत आवको नाफाबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत गरी ५१ प्रतिशत लाभांश पारित गर्न कम्पनीले माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ ५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त सभा बोलाएको हो ।
सभामा कम्पनीले प्रतिशेयर मूल्य १०० रुपैयाँबाट टुक्राएर ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ । उक्त प्रस्ताव सभाबाट अनुमोदन भएपछि नियामक निकायको स्वीकृतिपछि मात्र लागू हुने जनाइएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया